काठमाडौ । घरबेटी र भाडामा बस्नेबीचको विवाद यो नै नयाँ हैन ।तर सञ्चारकर्मी तथा लोक गायिका रुपा सुनारले घरबेटीले दिन्छु भनेर कोठाभाडा नदिएर जातिय विभेद गरेको भन्दै उजुरी दिएपछि यसमा चर्को बहस भएको छ ।
रुपाले नै भने अनुसार त्यति गलत भएको थिएन रहेछ भन्ने तर्कपनि छ । उनी भाडाका लागि कुरा गर्न गइन् । कुरा गर्दै जाँदा अन्तिममा जात सोधियो । त्यसपछि फोन नम्बर मागेर म पछि भन्छु भनियो । पछि कोठाभाडा दिन नसक्ने भनिएपछि विषय अदालत पुग्यो । अदालतले घरबेटीलाई पक्राउ गर्न आदेश दियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रहरीले अहिले घरबेटीलाई थुनामा राखेर अनुशन्धान गरिरहेको छ । आवासको व्यवस्थाबारे सरकारले निश्चित मापदण्ड बनाउन नसक्दा यस्ता धेरै समस्याहरु आएका छन् । चित्त नबुझेको खण्डमा घरबेटीले कोठाबाट बाहिर निकाल्दिने, पहुँच वा रवाफ भएको भाडावाला भए घरबेटीलाई भाडा नदिएर झन्जट खेपाउने यस्ता अनेक भएका छन् ।
तर यो घटनापछि घरबेटीहरुको छाता संगठनपनि सक्रिय बनेको छ । घरबेटी संघले अब यस्तै समस्या रहे सबै घरमा बस्ने भाडावालाहरुलाई खाली गराउने चेतवानी समेत दिएका छन् ।उनीहरुले भनेका छन् यो राज्यले देख्नुपर्यो । आफ्नो सम्पत्ति दिन्न भन्न त पायो नी । भाडा दिन्न भन्दैमा विभेद हुन्छ ।यदि कोठामा राखेर जात थाहा पाएपछि निकालेको भए त्यो विभेद हो । तर हरेक पल पल विभेद देख्ने हो भने जोगिने कसैकोपनि ठाउँ छैन । यो संस्कार रोकिनुपर्छ संघका एक पदाधिकारीले भने ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
घरबेटी र भाडावालामा किन समस्या छ ?
यसअघि पुरानो आयकर व्यवस्थाअनुसार क्षेत्रफल र ठाउँ विशेषका आधारमा भाडा तोकिदिएको थियो, जुन व्यवहारमा लागु हुन सकेन । पुतलीसडक, अनामनगर र बानेश्वर क्षेत्रमा बसोबास गर्नेले कोठाको क्षेत्रफलका हिसाबले भाडा तिर्नुपर्ने भनिएको थियो ।
उक्त व्यवस्था अवैज्ञानिक भएको बताउदै भाडावालासँग भुक्तानी लिएको रकमको १० प्रतिशत कर तिर्नुपर्ने कानुन बनेको छ । ‘लिएको रकमको १० प्रतिशत तिर्नु आफैंमा व्यावहारिक कर प्रणाली हो तर व्यवहारमा लागु भएन,’ विभागका उपनिर्देशक शर्मा भन्छन्, ‘हामीले आग्रह मात्रै गर्न सक्छौं । सम्पत्ति छानविन गर्नुपर्ने भए वा उजुरी परे स्वयं फस्ने जोखिम हुन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
करदाता सेवा कार्यालय काठमाडौंले दुई वर्षअघि भाडाका घर र बहाल करबारे अनुगमन गरेको थियो । निर्देशक भट्टराई भन्छन्, ‘त्यसबेला हामीले प्रयास गर्दा घरधनीहरू कार्यालय आएर कर तिर्ने क्रम केही बढेको थियो । पछि बजेट भएन । निरन्तरता पनि दिन सकिएन ।’ बैंक तथा वित्तीय संस्थामार्फत कर तिर्ने व्यवस्था र आवास वा व्यावसायिक उद्देश्य खुलाएर घर दर्ता गराउने हो भने समस्याको न्युनिकरण हुनसक्ने उनको तर्क छ ।
विकसित मुलुकमा घर बनाउनुको उद्देश्य खुलाउनु पर्छ । सोही आधारमा कर लिने व्यवस्था छ । नेपालमा त्यस्तो कुनै व्यवस्था छैन । मारमा उपभोक्ता–अधिकारवादीहरूले नै यो विषयलाई उपभोक्ता अधिकारको नजरबाट हेर्न सकिरहेका छैनन् । उनीहरूको ध्यान खाद्यान्न र तिनको गुणस्तरमै सीमित छन् । घरबेटीको मनोमानी बढ्नुको एक कारण पनि हो यो ।
डेरावाला समाजले सरकारलाई दबाब दिन सकेको छैन । संविधानको धारा ४४ ले उपभोक्ताको अधिकार सुनिश्चित गरेको छ, कानुन भने बनेको छैन । यो प्रत्यक्ष रूपमा उपभोक्ता हितकै विषय भएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाँ बताउँछन् ।
घरबेटीले अनियन्त्रित रूपमा भाडा उठाउने र आफू अनुकुल रकम निर्धारण गर्ने प्रवृत्तिका कारण उपभोक्ता मारमा परेको उनको बुझाइ छ । उपभोक्ता ठगिने अवस्था हटाउन कानुन बनाउने प्रयासमा रहेको बानियाँ बताउँछन् । उनका अनुसार अर्थ, कानुन र आपुर्ति मन्त्रालयका सहसचिवसहितको टोलीले उपभोक्ता संरक्षण ऐन बनाउँदैछ ।
कर तिर्दैनन् घरबेटी करदाता सेवा कार्यालय काठमाडौंका निर्देशक कमलप्रसाद भट्टराईका अनुसार खास व्यवस्था नभई ठाडै कर उठाउने काम जटिल हो । उनी भन्छन्, ‘कसले कोठा भाडामा दिएको छ, कसले दिएको छैन भन्ने थाहा पाउनै गाह्रो छ । पाहुनालाई राखेको भनिदिए पनि हामीले कसरी थाहा पाउने ?’ करमा स्वेच्छिक सहभागिता बताउदै आन्तरिक राजश्व विभागले बारम्बार घरधनीलाई कर बुझाउन आग्रह गर्दै आएको छ ।
तर, त्यो बेला–बेलामा हुने चेतनामुलक कार्यक्रममै सीमित छ । जबकि, कर उठाउने काम ‘आग्रह’ नभई ‘बाध्यकारी’ हो । शर्मा भन्छन्, ‘मासिक कर बुझाउने प्रचलन त छँदै छैन । व्यवसायीहरू आउँछन् तर वार्षिक रूपमा मात्र ।’ आन्तरिक राजश्व विभागका अनुसार आव ०७२–७३ मा देशभरीबाट तीन अर्ब ३३ करोड रुपैयाँ बहालकर उठेको थियो ।
त्यसमध्ये अधिकांश व्यापारिक प्रयोजनअन्तर्गत नै उठेको हो । आवास क्षेत्रअन्तर्गत घरबहाल क’र कति उठ्छ भन्ने नै तथ्यांक छैन सरकारसँग । समाजका अध्यक्ष बस्नेतका अनुसार न्युरोड जस्ता महंगा व्यापारिक क्षेत्रमा घरबेटीहरू ११ लाखसम्म भाडा उठाउँछन् । तर, सम्झौता गर्छन् ५० हजारको मात्र । पारदर्शिता अपनाउने हो भने काठमाडौंबाटै वार्षिक ३५ अर्बभन्दा बढी क’र उठ्ने बस्नेतको अनुमान छ ।
दोहोरो कर प्रणालीले आफूहरूलाई समस्या परेको गुनासो घरबेटीहरूको छ । नगरपालिकालाई दुई प्रतिशत र कर कार्यालयमा १० प्रतिशत बुझाउन झण्झट भएको उनीहरूको भनाइ रहँदै आएको छ । घरको ऋणको साँवा–व्याज, बिजुली र पानीको महशुलका साथमा छुट्टै बहाल कर झण्झटिलो भएको उनीहरूको भनाइ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****