के संविधान र सर्वाेच्चभन्दा माथि राष्ट्रपति हुन्

Samchar

राष्ट्रपति विद्या भण्डारी नेतृत्वकोे राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरहादुर देउवालाई नियुक्त नगर्नुको कारण सहितको लिखित जवाफ सर्वोच्च अदालतलाई पठाएको छ ।राष्ट्रपति कार्यालयले बिहीवार संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गर्नुको कारण सहितको लिखित जवाफ सर्वोच्च अदालतलाई पठाएको छ ।जवाफमा देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गर्दा २ दलको मात्र समर्थन पत्र पेश गरेको भनिएको छ । अन्य सांसदको भने हस्ताक्षर मात्रै पेश भएको, कतिपय हस्ताक्षरमा सांसदको दलीय हैसियत नखुलेको तथा हस्ताक्षरको सिलसिला नमिलेको पत्रमा उल्लेख गरिएको छ ।सभापति देउवाले बुझाएका कतिपय हस्ताक्षरलाई उनीहरु आबद्ध दलले मान्यता नदिन पत्र पठाएको राष्ट्रपति कार्यालयले सर्वोच्चमा पठाएको लिखित जवाफमा उल्लेख छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *