सर्वोच्च अदालतको फैसलापछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। फैसला पछि उत्पन्न हुनसक्ने अवस्थाको आँकलन गर्दै प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको हो । सर्वोच्चले सोमवार संसद पुनस्थापना गर्दै शेरवहादुर देउवालाई दुई दिन भित्रै प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।यो फैसलासंगै नेकपा एमालेको केपी शर्मा ओली पक्षको युवा समुह सर्वोच्च विरुद्ध आन्दोलनमा उत्रिएको छ । काठमाडौको माइतीघर मण्डलामा युवाहरुले विरोध प्रदर्शन सुरु गरेका छन् ।
नेताहरुको प्रारम्भिक प्रतिकृया र आन्दोलन पनि सुरु भइसकेको अवस्थालाई लिएर काठमाडौं उपत्यकालगायत सबै ठाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती गराइएको छ ।नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । सम्भावित आन्दोलन हुने ठाउँहरूलाई पहिचान गरी प्रहरी परिचालन गरिएको उनले बताए । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला नमान्ने भन्दै युवाहरुलाई आन्दोलनमा उत्रन माइतीघरमा बोलाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****