के फेरि देशव्यापी लकडाउन हुन्छ? स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको ठुलो खुलासा

Samchar

काठमाडौं । सरकारले फेरि देशव्यापी लकडाउन हुने सम्भावना न्यून रहेको जनाएको छ । तर कतिपय ठाउँमा भने सङ्क्रमणको अवस्थालाई हेरेर आंशिक वा स्मार्ट लकडाउन भने हुनसक्ने सरकारले स्पष्ट पारेको छ ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने, ‘जहाँ संक्रमण धेरै हुन्छ, त्यहाँ आंशिक वा स्मार्ट लकडाउन हुन्छ, तर देशभरी नै लकडाउन भने हुँदैन ।’धेरै मानिसले खोप लगाएको र लगाउने क्रम चलिरहेकाले पनि देशभरी लकडाउन हुने संभावना कम रहेको उनको भनाई छ ।
त्यसैगरी आम नागरिक पनि धेरै सचेत भइसकेकाले पनि महामारी अव कम हुदै जाने राज्यमन्त्री श्रेष्ठको विश्वास छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनले उच्च सतर्कता अपनाउन भने सवैलाई आग्रह गरे ।
‘खोप लगाएकालाई पनि फेरि सङ्क्रमण हुँदैन भन्न सकिन्न, बढी जटिल नबनाउने मात्रै हो, तर सचेत चाहिं हुनैपर्छ, मास्क लगाउनु पर्यो, भिडभाड गर्नु भएन, नत्र त फेरि पनि महामारी फैलिन्छ,’ उनले भने । उहाँले कोभ्याक्स र गावीले अनुदान स्वरुप दिने एक करोड १३ लाख खोप आउने क्रममा रहेको र कुल पाँच करोड २५ लाख खोप आउने सुनिश्चित भइसकेको बताए । त्यसैगरी चीन सरकारले अनुदानमा दिएको १६ लाख पनि आउन लागेको जानकारी दिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *