के प्रधानमन्त्री देउवा छिटटै भारत भ्रमणमा जादैछन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बागडोर सम्हालेको ४५ दिन पुगेको छ । उनले अहिलेसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । देउवाले अन्य दलहरुलाई पर्खिदा पर्खिदा सरकारलाई पूर्णता दिन नसकेको बताउँदै आफु पन्छिन खोजिरहेका छन् । देउवाले माधव नेपालको नयाँ दल दर्ता, जसपाको निर्णय लगायतलाई पर्खिदा मन्त्रीपरिषद् विस्तारमा ढिलाई हुन पुगेको बताएको भएपनि खासमा उनले आफ्नै पार्टीभित्रको आन्तरिक समिकरण मिलाउनका लागि ढिलाई गरिरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तर अब उनका निकट नेताहरुले १५ भदौंसम्म सरकार बिस्तार हुने र लगत्तै उनी भारतको औपचारिक भ्रमणको तयारीमा जान लागेको बताउन थालेका छन् । यसको भित्री तयारी शुरु भईसकेको बालुवाटार स्रोतले बताएको छ । भारतीय सत्तापक्ष भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले हालै नेपाल आएर यहाँका राजनीतिक दलका प्राय शीर्ष नेताहरुसँग भेटवार्ता गरेर फर्किए । उनी १० भदौंमा भद्रपुर झापा हुँदै सडकमार्गबाट दिल्ली फर्केका छन् ।

चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । नेपालमा काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएको भनिएपनि खासमा उनलाई मोदीले नै नेपाल पठाएर यहाँको सरकारसँग सम्बन्ध सुधारको प्रयास थालेको बताइन्छ । चौथाइवालेको भ्रमणको शैली, भेटवार्ता र छलफलका विषय हेर्दा उनी महतले बोलाएर होइन, मोदीले पठाएर आएको अनुमान सहज लगाउन सकिने कुटनीतिक वृत्तका जानकारहरुले बताईरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+