के तपाइको सुत्ने बेला मोबाइलमा भुल्ने बानी छ, यदि त्यसो हो भने के हुन्छ त यसको प्रभाव ,महत्वपूर्ण जानकारी

Samchar

मोबाइल फोन विशेष त फुर्सदको समय सुत्नेवेलामा धेरै मोबाइल चलाउनु स्वास्थ्यको हिसाबले अत्यन्तै नकारात्मक मानिने विभिन्न तथ्यहरुले देखाएको छ। अन्यसमय को तुलनामा सुत्नेबेला मोबाइल फोन चलाउँदा हुने नकारात्मक प्रभावहरु यस्ता छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

१. आँखा कमजोर हुनु

राति स्मार्टफोन चलाउँदा मानिसको आँखामा नकारात्मक असर पर्नजान्छ । रातिको समयमा स्मार्टफोनबाट आउने प्रकाश निकै तेजिलो हुन्छ, यसबाट स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु देखिनसक्छ । एक अध्यनका अनुसार अन्य समस्य भन्दा सुतेर मोबाइल चलाउनु आँखा सुरक्षाका लागि नकारात्मक मानिन्छ।

२. निद्रा नलाग्नु

राति स्मार्टफोन चलाउने बानीले मानिसको शरीमा उत्पादन हुने मिलेटोनिन हर्मोनमा नराम्रो असर पार्छ । यो हर्मोन मानिसको निद्राको लागि आवश्यक हुन्छ । यस्तोमा राति स्मार्टफोन चलाउँदा यो हर्मोन पनि कम हुँदै जान्छ र निद्रा आउँदैन । सुत्नेबेला लामो समस्य मोबाइल चलाए यो समस्या दिर्घकालिन बन्दै जान्छ।

३. क्यान्सरको जोखिम

राति स्मार्टफोन चलाउँदा क्यान्सरको जोखिम हुन्छ र ? धेरैलाई पत्यार नलाग्न पनि सक्छ तर स्मार्टफोनबाट निस्किने ब्लुलाइटले मिलेटोनिन हर्मोनको प्रभावित गर्छ । यो हर्मोनले एन्टि अक्सिडेन्ट प्रोपर्टीहरु हुन्छन्, जुन क्यान्सरका जीवाणुहरुसँग लड्का लागि सहायक हुन्छ । यो हर्मोन कम हुँदै जाँदा मानिसहरुमा स्तन तथा प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

४. स्मरणशक्ति कमजोर

राति धेरै स्मार्टफोन प्रयोग गर्ने बानीले मानिसको दिमागका साथै स्मरणशक्तिमा असर पर्नसक्छ । राति लामो समयसम्म स्मार्टफोन चलाउने बानीले मानिसको निद्रामा असर पर्छ, निद्रा पूरा हुन पाएन भने त्यसको असर मस्तिष्कमा बग्ने रगतमा पर्नसक्छ ।

५. छटपटी

राति लामो समयसम्म स्मार्टफोन चलाउँदा निद्रा पूरा हुँदैन र आराम मिल्दैन भने छटपटी हुनु स्वाभाविक हो । यस किसिमको छटपटीले अन्य समस्याहरु पनि निम्त्याउन सक्छ ।

६. डिप्रेसन हुने सम्भावना

राति सुत्ने समस्यामा स्मार्टफोनको प्रयोग गर्ने बानीले तनाव बढ्नुका साथै डिप्रेसन हुने सम्भावना पनि बढाउँछ । सामान्यतयाः मानिसमा निराशा छाएपछि मानिसहरुलाई डिप्रेसनले आक्रमण गर्छ । यस्तोमा राति लामो समयसम्म स्मार्टफोनको प्रयोग गर्दा कुनै नयाँ अपडेट नआएको खण्डमा मानिसहरुमा निराशा छाउँछ र यसले डिप्रेसनलाई जन्म दिन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *