केपी vs माधव : को बलियो, को दुब्लो ?

कुनै पनि विषयको विश्लेषण गर्दा SWOT एनालाइसिस सम्बन्धी एउटा मान्य सिद्धान्त छ । यो सिद्धान्तअनुसार विश्लेषण गर्दा सबलता (Strength), कमजोरी (Weakness), अवसर (Opportunity) र चुनौती (Threat Analysis) समेत चारवटा पक्षलाई हेर्ने गरिन्छ । विश्लेषणको यो सिद्धान्तले विषयवस्तुलाई न्याय गर्न सक्छ र यसमा कसैप्रति पनि पूर्वाग्रह वा आशक्ति झल्कँदैन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रस्तुत लेखमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) को विश्लेषण गर्ने प्रयास गरिएको छ । ओली नेतृत्वको नेकपा एमालेका सबलता, दुर्बलता, अवसर अनि चुनौती के–के छन् ? त्यस्तै माधव नेपालसँग के कस्ता सबलता, दुर्बलता, अवसर र चुनौतीहरु छन् ? यिनै विषयमा यहाँ चर्चा गरिनेछ । तर, एमालेका विभाजित दुई समूहबारे विश्लेषण गर्नुअघि अर्को एउटा ‘हाइपोथेटिकल’ प्रश्नमा बहस गर्न जरुरी देखिएको छ । र, यो प्रश्नचाहिँ SWOT एनालाइसिस भन्दा बाहिरको विषय हो ।

नेकपा एमाले विभाजित हुँदै गर्दा ओली पक्षका नेताले अक्सर के भन्ने गरेका छन् भने फुटेको पार्टीको भविश्य छैन । पूर्वमाले, शेरबहादुर देउवाले फुटाएको काँग्रेस प्रजातान्त्रिक वा माओवादीबाट फुटेका विभिन्न चोइटाहरुको दृष्टान्त दिँदै माधव नेपालको पनि भविश्य राम्रो नरहेको विश्लेषण एमालेको संस्थापन पक्षबाट हुँदै आएको यहाँ स्मरणीय छ । फुटेर जाने माधव नेपालहरुको भविश्य नै छैन त ? भविश्य जति सबै एमालेको पोल्टामा मात्रै आरक्षित छ त ? यस्तो ‘हाइपोथेटिकल’ विषयमा भविश्यवाणी गर्नु यो लेखको उद्देश्य होइन । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+