कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन दिँदैनौँ : गृहमन्त्री

Samchar

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा राष्ट्र, नागरिक र कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिन सरकार दृढ रहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्व पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम’ मा गृहमन्त्री खाणले भने–‘हामीले संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गरेका छौं । तसर्थ हामी नेपाल भूमिभित्र र नेपाल राज्य, नेपाली जनता र कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध छौं ।’यो विषयमा सुरक्षा निकायका प्रमुखहरुलाई गम्भीर भएर लाग्न निर्देशन दिँदै उनले पछि आफूलाई जानकारी थिएन भनेर पन्छिन नपाइने बताए । त्यसतर्फ सतर्क रहन उनले सुरक्षा प्रमुखहरुलाई आग्रह गरेका छन् ।

नागरिकको अधिकार र जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै खाणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताए । उनले भने–‘नागरिकको सुरक्षामा सरकार गम्भीर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो ।’ राज्य र नागरिकको सुरक्षामा कुनै पनि कम्प्रमाइज नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरूलाई निर्देशन दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *