जुम्ला । यहाँको चन्दनाथ नगरपालिकाले व्यवसायीक किसानलाई दुहुना भैसी र उन्नत जातका बाख्रा वितरण गरेको छ ।
व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन बृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ चन्दननाथले किसानलाई अनुदानमा भैसी र उन्नत जातका बाख्रा वितरण गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
शुक्रबार चन्दननाथ नगरपालिकाका वडा नं। ३, ८ र ९ का व्यवसायीक किसानहरुलाई गाउँमै पुगेर भैसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरिएको मेयर कान्तिका सेजुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोनाका कारण सयौँको रोजगारी गुमेको छ । उद्योगधन्दा संचालन गर्न सक्ने अबस्था छैन् । नगरभित्रका विपन्न तथा व्यवसायीक कृर्षकलाई ७५ प्रतिशत अनुदानमा भैँसी बाख्रा दिएका छौँ । कृर्षकको आयआर्जनमा थप सुधार हुने अपेक्षा छ ।”
मेयर सेजुवालका अनुसार चन्दननाथ नगरपालिकाको वडा नं। ३ मा ४२ वटा उन्नत बाख्रा, ८ नम्बर वडामा १० वटा दुहुना भैसी, १ राँगा र ४२ वटा बाख्रा वितरण गरिएको छ । ९ नम्बर वडामा पनि १० भैसी र १ वटा राँगा वितरण गरिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****