किशोरी छोरीको पेटमा कसको बस्यो गर्भ? बाबुले बिराटनगरमा छोडेर भागेपछि…

बाबु आमा भनेका भगवान पछिको अर्को रुप हो भनिन्छ । तर सबै बाबु आमा भगवानकै दोश्रो रुप हुन्छन् भन्ने छैन । केही बाबुले आफ्नो र परिवारको इज्जतका लागि छोरीको कुभलो पनि चिताउने गर्दछन् । उनीहरु इज्जतका नाममा जस्तो सुकै तल्लो स्तरको काम पनि गर्न तयार भएको पाइन्छ ।केही समय पहिले बिराटनगरमा भएको यस्तै एक घटनाका कारण बाबुको भूमिकामाथि नै शंका उत्पन्न भएको थियो । बिहे नगरेकी छोरीको पेटमा बच्चा रहेको थाहा पाएपछि समाजका अगाडि इज्जत जोगाउने नाममा वावुले अलपत्र अवस्थामा छोडेर हिडेका थिए । ती व्यक्तिले छोरीलाई सुनसरीको भन्टाबारी नाका हुँदै भारतबाट विराटनगर ल्याएर जिल्ला प्रशासन कार्यालय, मोरङ नजिक अलपत्र छोडी आफु भारत फर्किएको प्रहरीले बताएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गर्भवती ती बालिका गत माघ २९ गते राती करिब ९ बजे रोइरहेको अवस्थामा फेला परेपछि मोरङ प्रहरीले उनलाई उद्धार गरेको थियो । त्यसपछि उनलाई विराटनगर–१२ स्थित स्वयंमसेवी संस्था एबिसी नेपालमा राखिएको थियो । एबिसी नेपालमा ल्याइएकी बालिकालाई स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । भिडियो एक्स–रे गर्दा उनको पेटमा २८ हप्ताको गर्भ रहेको खुलेको थियो । बालिकाको बयान अनुसार उनलाई आफ्नै भाउजुको भाईले यस्तो अवस्थामा पु्र्याएका थिए ।

भारतको फारबिसगञ्जस्थित जागरण कल्याण भारती संस्थाको सहयोगमा एबिसीले बालिकाका अभिभावकको खोजी थालेको थियो । मोरङ प्रहरीले पनि उनको अभिभावकको पहिचानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको थियो । त्यसपछि भारतीय प्रहरीले बालिकाको पारिवारिक सम्पर्क पहिचान गर्न सफल भएको थियो । परिवारको जिम्मा लगाएपछि किशोरीको पछिल्लो अवस्थाबारे भने जानकारी हुन सकेको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment