कार्यक्रम लाल मोहर “आज यसरी चर्को रुपमा आवाज बुलन्द गर्नकै लागि म केही दिन यता नबोलेको हो,” रमेश प्रसाईं (भिडियो हेर्नुहोस्)

निकै नै लामो समय प्रतीक्षा गरिएको कार्यक्रम लाल मोहर लिएर रमेश प्रसाईंले भने,”नमस्कार म रमेश प्रसाईँ म आज अलिक अन्तरालपछि Galaxy 4k को स्टुडियोमार्फत तपाईं सामु उपस्तिथित भए को छु।मैले आज चर्चा गर्ने प्रसंगमा लाग्नुभन्दा पहिले म तपाईंका केही जिज्ञासाहरूको समाधान गर्ने प्रयास गर्नेछु।यहाँ हामीलाई सामाजिक संजालमा धेरैले सोध्नुहुन्छ कि तपाईंहरू जहिले सामाजिक संजालमा तस्वीरहरू मात्रै राख्नुहुन्छ,पोस्टरहरू मात्रै राख्नुहुन्छ,coming soon,हामी आउँदै छौं मात्रै लेख्नुहुन्छ तर कहिलेदेखि सुरु हुन्छ त Gakaxy 4k को प्रसारण ?***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विश्वास गर्नुहोस् कि वास्तवमा तपाईं भन्दा हामी आतुर छौँ।तपाईंले विश्वभरीबाट व्यक्त गर्नुभएको माया,स्नेह र शुभेच्छा को कारण साँच्चिकै हामी आत्तिएका छौँ तपाईंले चाहेको विषयवस्तु लिएर तपाईंको टेलिभिजन स्कृनमा आउनका लागि।तर हामीले आउन नचाहेर भन्दा पनि परिस्थितिवस् आउन नपाएर मात्रै अलिकति आउनलाई ढिलाइ हुन गएको हो।तर ढिलो आउने तर कडा आउने तरिकाले हामी भरमजदुर तयारी गरिरहेका छौँ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

हामीलाई थाहा छ,सीधा कुरा एउटा टेलिभिजन कार्यक्रम मार्फत समाजमा कति ठूल्ठूला प्रभाव परेका थिए,कति मान्छेको जीवनमा परिवर्तन आएको थियो,आज त्यस्ता कैयौं कार्यक्रम चक्न थालेका छन्।हामीमा जवाफ लिनुपर्ने चेतना बढेको छ,मान्छे घुस लिनुभन्दा अगाडि १० पटक भन्दा बढी सोच्न थालेका छन्।एउटा कार्यक्रमले त्यतिको धेरै प्रभाव पार्न सक्यो भने अब त हामीसँग त्यही सीधा कुरालाई आधार स्तम्भ बनाएर एउटा सिङ्गो टेलिभिजन च्यानल छ र यो सिङ्गो टेकिभिजन च्यानल आइरहँदा तपाईंहरूलाई कति धेरै अपेक्षाहोलान् भन्ने बुझेका छौँ र त्यसमा खरो उत्रीनका लागि हामी भरमजदुर तयारी गरिरहेका छौँ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अब अति चाँडै विभिन्न प्राविधिक कठिनाइका बाबजुद पनि Gakaxy 4K अनइअरमा आउने तयारीमा छ।र अहिले हाम्रो परीक्षण प्रसारण भैरहेको छ र संभवत: तपाईंले आफ्नो टेलिभिजन सेट अगाडि हेरिरहनुभएको छ।अबको केही दिन अर्थात एक हप्ता भित्रमा हाम्रो Galaxy 4K को आधिकारिक जानकारी हुनेछ कि हामी यो दिनदेखि चाहिँ हामी प्रसारणमा आउँछौँ भन्ने कुरा तपाईंलाई जानकारी प्राप्त हुनेछ।

त्यसैगरी अर्को प्रसंग चाहिँ रमेश प्रसाईं,सामाजिक संजालमा आफ्ना विचारहरू राखिरहने वक्ता आजकाल कतिपय विषय प्रसंगमा किन बोलेन भनेर कतिपयले सामाजिक संजालमा प्रश्न गर्नुभएको पनि मैले सुनेको छु।म तमाम प्रश्नहरलाई म नमन गर्न चाहन्छु,मेरो विचारसँग सहमत गर्नुहुने र मलाई खोज्नुहुने त्यी सम्पूर्ण व्यक्तिहरू लाई म नमन गर्न चाहन्छु र म यो जानकारी गराउन चाहन्छु कि कतिपय विषयमा मेरो आवाज नआएको,नबोलेको भनेको चाहिँ अझै धेरै चर्को आवाजमा, बुलन्द आवाजमा बोल्नका लागि हो।

तपाईंलाई एउटा दृष्टान्त दिन्छु,कुनै पनि खेलाडी विश्वकपका लागि छानियो भने अर्थात ओलम्पिकका लागि छानियो भने उसले बन्दसत्रमा प्रशिक्षण लिन्छ केही समय पूर्वतयारीका लागी। हो त्यसरी नै म अहिले लाल मोहरको तयारीमा व्यस्त छु,त्यीनै विषयहरूमा बोल्न र तथ्यपरक रुपमा जवाफ लिनका लागि।त्यी नै विषयहरूको नालीबेली खोल्नका लागि हामी कार्यक्रम लाल मोहरको तयारीमा लागिरहेका छौँ “।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+