काबुल विमानस्थल बाहिर बिस्फोट, कम्तिमा ११ जनाको मृत्यु

Samchar

अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी भएको छ । तालिबान सम्बन्ध एक अधिकारीका अनुसार बिहीबार साँझ भएको विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मारिनेमा बालबालिका र महिला पनि रहेको ती अधिकारीको भनाइ छ । घटनामा तालिबान लडाकुसहित थुप्रै सर्वसाधारण पनि घाइते भएको ती अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

हालसम्म प्राप्त जानकारीमा विमानस्थलको गेटमा विस्फोट भएको थियो । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक्त विस्फोट आत्मघाती भएको बताएका छन् । काबुल विमानस्थलमा आतंकवादी हमलाको सूचना प्राप्त भएपछि तीनवटा गेटहरू बन्द गरिएका थिए । विस्फोट त्यही गेट मध्ये एकमा भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *