काबुलमा रहेका नेपालीको विषयले क्यानडाका प्रधानमन्त्रीको चर्को आलोचना

Samchar

काठमाडौं। अफगानिस्तानमा रहेका नेपालीको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको चर्को आलोचना भएको छ । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण गरेसँगै क्यानडाले अफगानिस्तानस्थित आफ्नो दूतावासको सबै कामकाज बन्द गरेको छ । तर, दूतावासको सुरक्षामा खटिएका पूर्व गोर्खाली सुरक्षाकर्मीलाई बेवास्ता गरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो ।काबुलस्थित क्यानडाको दुतावासको सुरक्षाका लागि १०० जना पूर्व गोर्खा सैनिक खटिएका छन् ।

तालिबानले काबुलमा नियन्त्रण गरेसँगै क्यानडाले आइतबारदेखि दूतावास बन्द गरेको र सबै कामकाज स्थगित गरेको क्यानडाको मिडिया सीबीसीले जनाएको छ । उसले त्यहाँ दूतावासमा कार्यरत आफ्नो देशका कर्मचारीलाई तत्काल काबुलबाट निकालेर आफ्नो देश लैजाने तयारी गरिसकेको छ । तर, काबुलबाट निकालिने सूचीमा पूर्व गोर्खालीहरुलाई नराखिएको भन्दै क्यानडाको छायाँ सरकारका रक्षा मन्त्री ज्याक ह्यारिसले आक्रोश पोखेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *