नेपाली काँग्रेस केन्द्रीय सदस्य तथ युवा नेता गगनकुमार थापा पनि मन्त्री बन्ने होडमा रहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेता थापालाई मन्त्री बनाउने लगभग सहमति भइसकेको स्रोतको भनाइ छ ।शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा नेता थापालाई संस्थापना इतर रामचन्द्र पौडेलको पक्षबाट सरकारमा सहभागी गराइने भएको हो । नेता थापाले सरकामा सहभागी हुने चाहना देखाएका कारण प्रधानमन्त्री देउवाले मानेमा उनी मन्त्री हुने निश्चित रहेको स्रोतको भनाइ छ । संस्थापनइतर पौडेल पक्षबाट उनलाई मन्त्री बनाइने सम्भावना बढी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यसअघि माओवादी केन्द्र र काँग्रेसको गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला गगन थापा स्वास्थ्यमन्त्री बनेका थिए । त्यस क्रममा केही लाेकप्रिय काम पनि गरेर चर्चा कमाएका थिए ।त्यस्तैगरी प्रधानमन्त्री देउवाले संसदबाट बिस्वासको मत प्राप्त गरेपछि नेपाली काँग्रेसमा सरकारमा जान अरू धेरैले इच्छा देखाइरहेका छन् । जसमा काँग्रेसले प्रकाशमान सिंह, सुजाता कोइराला, पुष्पा भुसाल, नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, प्रमोद यादव, राजन केसी र तुजुलाल चौधरीलगायतबाटै मन्त्री छान्ने स्रोतको भनाइ छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
