कांग्रेस नेता बस्नेतका कारण ६० बालबालिकाले निःशुल्क पढन पाए

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय बाढीपहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोबाट अभिभावक गुमाएका तथा अति विपन्न ६० जना बालबालिकालाई निःशुल्क उच्च शिक्षाका लागि भर्ना गरिदिएका छन् ।मंगलबार काठमाडौंको लोयला कलेजमा आयोजित विशेष कार्यक्रममा ६० बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिइएको थियो ।पूर्वमन्त्री समेत रहेका नेता बस्नेतको पहलमा ६० जना बालबालिकाले निःशुल्क रुपमा कक्षा ११ र १२ को अध्ययन गर्न पाउने व्यवस्था गरिदिएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+