कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा महानगरपालिका र प्रदेशलाई सुझाव

काठमाडौं – नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाका ११ वडामा निर्वाचित वडाध्यक्षले महानगरपालिकालाई विभिन्न पाँचबुँदे सुझाव दिएका छन् । महानगरपालिकाले बजेट अधिवेशनमार्फत आर्थिक वर्ष २०७८-७९ को बजेट विनियोजनको तयारी गरिरहेका बेला कांग्रेसबाट निर्वाचित वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडाध्यक्षले कोरोनाको रोकथाम र नियन्त्रणलगायत विषयमा सुझाव दिएका हुन् ।

वडाध्यक्षका तर्फबाट कांग्रेस प्रदेशसभा दलका नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति प्रकाशित गरी कोरोनाबाट प्रत्यक्ष प्रभावित पर्यटन, उद्योग, व्यापार, यातायात क्षेत्रलाई ५० प्रतिशत कर छुट दिन, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था मिलाउन, निष्पक्ष रुपमा बजेट विनियोजन गर्न सुझाव दिनुभएको छ ।

लामो समयदेखि स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारीको मनोबल उच्च हुने गरी वृत्तिविकासका कार्यक्रम ल्याउन र निजामती सरह नै सेवासुविधा प्रदान गरी एक तह बढुवा गर्न सुझाव दिइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment