कांग्रेसको जिल्ला सभापति बन्न दुईथरि नीति, के बन्यो नयाँ मापदण्ड ?

Samchar

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरि नीति बनाएको छ ।कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत साउन ३० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक नीति तय गरेको छ ।कांग्रेस विधानमा जिल्ला सभापति बन्न कम्तिमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट जिल्ला सभापतिको निर्वाचन हुने व्यवस्था गरिएको छ ।तर केन्द्रीय कार्यसमिति बैठकले विधानविपरीत एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । १ भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा महाधिवेशन प्रतिनिधि मध्येबाट नै जिल्ला सभापति चयन हुने गरी निर्देशिका बनेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *