कांग्रेसका जिल्ला सभापतीले अनसन तोड्ने, अब महाधिवेशनमा केन्द्रित हुने

Samchar

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेबिच शुक्रबार मध्यराती सहमती भएसंगै जिल्ला सभापतीले अनसन तोड्ने भएका छन् । धर्नामा बस्दै आएका जिल्ला सभापतिहरुले माग पूरा हुने भएपछि अनसनलाई तोड्दै महाधिवेशनमा ध्यान केन्द्रित गर्ने भएका हुन् । शनिबार बिहान पूर्वमहामन्त्री प्रकासमान सिंह निवासमा भएको संस्थापन इतर समुहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रीत हुने पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *