‘काँधमा ओलीको जुवा हालेर हिंड्न सकिएन, त्यसैले नयाँ दल दर्ता गर्दैछौं’

नयाँ दल दर्ता गर्ने तयारीमा रहेको नेकपा एमालेका माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले काँधमा केपी ओलीको जुवा हालेर हिंड्न नसकिएका कारण नयाँ दल दर्ता गर्नुपरेको बताएका छन् ।बानेश्वरस्थित अर्याल होटेलमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग खतिवडाले नयाँ दल दर्ताको तयारी अन्तिम चरणमा पुगेको बताए ।’काँधमा केपी ओलीको जुवा हालेर हिंड्ने परिस्थितिमा अन्य नेताहरूलाई नबस्न भनिरहेका छौं,’ खतिवडाले भने, ‘आज नयाँ दलमा नआउनेहरू भोलि आउँछन् । आज हिम्मत गरेनन् भनेर चिन्ता गरिरहनु परेन ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+