मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका कार्यहरुले प्रगति लिनेछन्, कार्य सिद्धि, आर्थिक लाभ, आय स्रोत बढने, जागिर वा व्यवसायमा शुभ योग आएको छ, कर्म क्षेत्रमा कदर वा प्रशंसा हुनेछ, खोजेको व्यक्तिको सहयोग पाइने, जग्गा जमिन सवारी साधन खरीद गर्न साथै लगानीलाइ राम्रो दिन छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
Kumari Bank Sideनजिककाहरुसँग वादविवाद तथा असमझदारी बढन सक्ने वा टाढिने अवस्था आउन सक्छ, मुद्दा मामिला, कानूनी अडचन अथवा गरेका कामहरुमा प्रतिकुलताहरु आउन सक्ने सम्भावना छ, व्यवसायको लागि समय अनुकुल छैन । चिनामा शुभ ग्रहहरुको दशा चलेको छ भने मात्र स्थिती सुखद हुनेछ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घाउचोटपटक लाग्न सक्ने, आर्थिक, पारिवारीक तथा कार्यजनित समस्याले मन खिन्न हुन सक्छ, कार्यमा बिध्नबाधा, निरर्थक श्रम गर्नुपर्ने वा अरु कसैको लागि समय खर्चिनु पर्ने हुन सक्छ, रोग र शत्रुहरु आज सलबलाउन सक्छन, मानसिक छटपटि, पारिवारिक असमझदारी बढन जाने, धनको खती हुने, कार्य क्षेत्रमा समस्या उत्पन्न हुन सक्ने योग भएकोले आज झगडा र विवादबाट भने बच्नुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र, वाहन या सौन्दय सामाग्रीहरु प्राप्त हुने अथवा खरीद हुने, धन लाभ हुने, रोकिएको कार्यहरु बन्ने छन । कार्य स्थल र व्यवसायमा सफलता प्राप्त हुने दिन भएकोले पुरुषार्थ सिद्ध गर्ने अवसर मिल्नेछ, विरोधिहरु परास्त हुने, मातृ तथा भूमि सुख, स्वास्थय उत्तम हुने, वैवाहिक सुख, पारिवारिक जमघट, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने, भोग विलास मनोरन्जनमा रुचि जानेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक लाभ, मित्र सुख, शत्रुहरु पराजित हुने, धपेडी र परिश्रम बाट धेरै हदसम्म मुक्त भइने, स्वास्थ्य राम्रो रहने, आरोग्यता प्राप्ति, आदर सत्कार र आनन्द प्राप्त हुने, पारिवारिक तथा दाम्पत्य सुख, कानुनी मामिला, विवाद लगायत अन्य कुराहरुमा विजय प्राप्ति । कार्य स्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो रहनेछ । व्यवसायीहरुलाई भने दिन त्यति अनुकुल नहनु सक्छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यमा विलम्ब वा बाधा आउने, सन्तानको तर्फबाट चिन्ता पर्ने वा उनीहरुलाई पिडा हुन सक्ने सम्भावना छ, बन्धुबान्धव तथा आफन्तजन सँगको पारिवारिक द्धन्द बढन सक्छ, बौद्धिक कार्यमा असफलता हात लाग्ने, कामको धपेडी पर्ने, मन अशान्त हुने, कर्ममा गतिरोध, धन हानी हुने योग रहेको छ, स्वास्थयको ख्याल गर्नु होला । विशेषत पेट वा पेटभन्दा मुनिको भागमा कुनै पूरानो समस्या छ भने सचेत रहनु पर्नेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य बाधा, शारिरिक दुख कष्ट जस्ता फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्नेछ । शत्रुहरुले रिस गर्ने, आरोप लाग्ने वा झमेला हुने खालको दिन हुन सक्छ । आत्मियजन तथा कुटुम्बमाझ अथवा नजिककाहरुसँग विवाद नगर्नु होला । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । विशेष गरि खोकी, छाती तथा छातीजन्य समस्याहरुलाई बेवास्ता नगर्नुहोला ।
वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन प्रसन्न हुने, आँट साहस बढने, धन वाहन तथा अचल सम्पत्तिको उपभोग अथवा प्राप्ति, कार्यमा सफलता, उत्तम गृह सुख, आरोग्यता प्राप्ति, वस्त्रलाभ, मान सम्मान प्राप्ति । सुखद दाम्पत्य जीवन, मित्र सुख जस्ता शुभ फलहरु घटन सक्नेछन । नोकरीमा पदोन्नति हुने योग चलेको छ, कसै कसैलाइ छोटो दुरीको यात्रा हुन सक्ने अथवा स्थान परिवर्तनको सम्भावना पनि बन्न सक्छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्वास मा कमि आउन सक्छ । मन चिन्तित हुने वा गलत विचारहरु आउने । सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । आफन्त तथा बन्धु बान्धव बिच वैमनस्यता बढन सक्ने तथा पारिवारिक सुखमा कमि आउने योग छ, कार्यमा बिध्न बाधा हुने, व्यर्थको श्रम, खचर्मा बृद्धि, धन हानी, संचित धन आदिमा नकारात्मक असर पर्ने सम्भावना छ, व्यापार व्यवसायमा आज लगानी गर्दा सचेत रहनु पर्नेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु बाधा हटने, भौतिक सुख, उत्तम भोजन, आदर सत्कार, मित्र सहयोग जस्ता शुभ फलहरु प्राप्त हुने सम्भावना छ । केही परिवर्तनको प्रयास गरिरहनु भएको छ भने तँपाइका योजना र विचारहरुलाई अब कार्यान्वयन गर्ने बेला आएको छ, तँपाइको कदर अरुले गर्नेछन । व्यवसायीहरुलाई दिन राम्रो रहनेछ, नयाँ लगानी अथवा शेयर बिक्रीको लागि समय राम्रो छ ।
कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानसिक द्वन्द्व अथवा छटपटिले सताउन सक्छ । गरेका निर्णयहरुले पिरोल्ने, मनमा दुर्भावना अथवा गलत सोचले डेरा जमाउन सक्नेछ । घर परिवार तथा कुटुम्ब अथवा नजिककाहरुसँग मतभेद वा विछोड हुन सक्छ, प्रतिष्ठित व्यक्ति वा आफूले मान्नु पर्ने हरुसँग विवाद हुने योग भएकोले सचेत हुनुहोला, यात्रा गर्दै हुनुहुन्छ भने कष्टकर हुन सक्छ । विद्यार्थीहरुको लागि पढाइलेखाइ को लागि भने दिन राम्रो रहनेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जोश जाँगरमा वृद्धि, आर्थिक लाभ । शत्रु बाधा लाई हटाउन सफल । मित्र सहयोग प्राप्त हुन सकछ । उत्तम वस्त्र तथा परिकारजन्य भोजन गर्न मन लाग्ने । भोग विलास तथा कामुक सोचमा रुचि जाग्नेछ । संचित धनमा वृद्धि हुन सक्ने । अडकिएका कार्यहरु समापन तिर जाने । अरुको आदर कदर पाइने, प्रेम सम्बन्धमा सफलता । स्वास्थ्यको भने ख्याल गर्नुहोला***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** ।