कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर नियुक्त

Samchar

काठमाडौं। हास्य कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड १ करोड पुरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए ।उप्रेतीले कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको बताए । उनले हाम्रो पात्रोको व्यवसायिक प्रवर्द्धनमा कलाकार सन्दीप​ क्षेत्रीको साथले अझ अगाडि बढ्न सहयोग गर्ने अपेक्षा गरेको बताए । यसैगरी, हास्य कलाकार क्षेत्रीले हाम्रो पात्रो आम नेपालीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण विषय भएको बताए । उनले आफूले मोबाइलमा सवैभन्दा पहिले डाउनलोड गरेको नेपाली एप हाम्रो पात्रो भएको पनि बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *