गएको बुधबार साँझपख मेलम्चीको बाढीले डुबेको घर हेरेर टोलाइरहेका थिए मेलम्चीका रञ्जितकुमार श्रेष्ठ। रातभरको अनिदोले आँखा राता थिए। पिरले न उनी निदाउन सके, न केही खान नै। १० दिनजति मात्रै भएको उनले घर फिनिसिङ गरेको। चार तलाको घर ठड्याउँदा श्रेष्ठ परिवार दंग थियो। तर, १० दिनमै कत्रो दशा आइलाग्यो !***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
८५ लाख ऋणमा बनाएको घर मेलम्चीको लेदोमा डुबिगयो। बैंक, साथीभाइ र आफन्तबाट ऋण लिएर घर बनाएका रञ्जितले तीन वटा तलामा होलट–रेस्टुरेन्ट खोलेका थिए र एक तला आफ्नो लागि राखेका थिए । एक तला पूरै डुबेको घरका दुई तला हेर्दै बसेका छन् रञ्जित। ‘मर्नु न बाँच्नु भएको छ। भएभरको ऋण काढेर घरमै लगाएँ, घरै गयो। अब कसरी ऋण तिर्ने? कसरी घरपरिवार पाल्ने?’ उनले खुइया का ढे। मु र्मु रिन्छन् बे लाबेला।
टाउकोमा हात लगाउँछन्, बजार फ न्को मार्छन् र फेरि पुग्छन् आफ्नै घर नजिक । कपडा निकाल्न सकिन्छ कि भनेर घरभित्र पस्न खोजे तर, खुट्टा लेदोमा भासिए। आफैँ डुब्ने खतरा भए पछि फर्किए । घर बनाउन रञ्जितले सिन्धु विकास बैंकबाट ३५ लाख ऋण लिएका छन्। ५० लाख साथीभाइ र आफन्तको छ। महिनाको १ लाख १० हजार त किस्ता नै तिर्नुपर्छ।
‘त्यही घरबाट कमाएर रिन तिरौंला भन्ने थियो। अब कसरी तिर्नु ? मुटु, कलेजो, कि ड्नी सबै अंग बे’चे पनि पुग्दैन,’ श्रेष्ठ बिरिक्तन्छन्। सेतो टायल लगाएर टिलिक्क टल्काएका थिए घर। सबैचिर मार्बलै–मार्बल। कुर्सी सोफा, टेबल लगायत सबै सामानको जो हो गरिसकेका थिए। मंगलबार साँझ खाना खाएर पल्टिएका थिए रञ्जित। मेलम्चीमा पानी बढेको हल्ला चलिरहेको थियो बजारमा। एकै छिनमा सबै घर छोडेर हिँड्न थाले।
रञ्जितकी श्रीमती पनि दुई बच्चा बोकेर निस्किइन्। श्रीमतीले जति कर गरे पनि पति भने बाहिर निस्किन मानेनन् र डराइ डराइ सुते। राति १२ बजेतिर बिउँझिँदा उनले मेलम्ची खोलाको गडगडाहट सुने र बाहिर चिहाए। तर पानी देखिएन। उनी टर्च बालेर हेर्न गए ओहो! बाढी त आफैंलाई निल्छ जस्तो गरी उर्लिएको रहेछ। एकैछिनमा मेलम्चीको पानी उनको घरमा पनि पुग्यो। आँखैअघि उनको घर डुब्यो।-Media24hub बाट***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****