कम्युनिस्टलाई जिताएर वर्षैपिच्छे रोइरहेका छन् सिन्धुपाल्चोकका जनता

काठमाडौं – समृद्धिको आकर्षक नारा दिएका कारण सिन्धुपाल्चोकका जनताले कम्युनिस्ट उम्मेदवारलाई जिताए । सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रबाट जितेका अग्निप्रसाद सापकोटा सभामुख बनेर समृद्ध बनेका छन् भने २ नम्बर क्षेत्रबाट जितेका शेरबहादुर तामाङ मन्त्री बनेर समृद्धि हासिल गरिरहेका छन् । तर सिन्धुपाल्चोकका जनता बाढीपहिरोमा बगेर मर्न बाध्य छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मंगलबार रातिदेखि मेलम्ची नदी र ईन्द्रावती नदीमा आएको बाढीले धेरै क्षति गरेको छ । बुधबार बिहानैदेखि सर्वसाधारणको भागाभाग मच्चिएको थियो । सिन्धुपाल्चोकमा बाढीपहिरो नौलो घटना होइन, वर्षैपिच्छे भइरहेको छ । तर समृद्धिको नारा दिएर चुनाव जितेका सांसद सभामुख र मन्त्री भइसक्दा समेत जनतालाई ज्यान जोगाउनतिर ध्यान दिइरहेका छैनन् ।

images
images
कम्युनिस्ट सांसदहरू जितेपछि २०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्की पुल बगाएको थियो । सोही वर्ष पहिरोले २२ घरमा लेदो पसेको र १२ घर जोखिममा परेका थिए ।

२०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका–५ जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु, १७ जना बेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए । बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त बने ।

सोही वर्ष भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले १ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता भए । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित बनेको थियो । अरनिको राजमार्गका खागदल र बुल्कुटेका २ वटा पक्कीपुल क्षतिग्रस्त भएका र लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखिएको थियो ।

२०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भएको र ३ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका थिए ।

२०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो । सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो ।

२०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका–२ सेराफाँटमा ४ घर पुरिएर क्षति भएको र बलेफी कात्तिके सडक अवरुद्ध, सयौं रोपनी धानखेत बगाएको थियो ।

२०७७ साउन ३० बिहान जुगल गाउँपालिका–२ गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएका र पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु भएको थियो । यति भयानक घटना हुँदा समेत कम्युनिस्ट सांसदहरू टुलुटुलु हेरेर बसेका छन् ।

बाढीपहिरोको जोखिमबारे पहिल्यै थाहा हुने र पूर्व तयारी गरे क्षति न्युनिकरण गर्न सकिने भएपनि कम्युनिस्ट सांसदहरूल केही काम गरेनन् । त्यसको प्रतिफल स्वरूप सिन्धुपाल्चोकमा यस वर्ष फेरि बाढीले बितण्डा मच्चायो ।

२०७८ असार १ गते साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रह्मायणी र भोटेकोशीमा भिषण बाढी आउँदा मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । ईन्द्रावतीले मेलम्ची–नवलपुर जोड्ने पक्की पुल बगाएको र मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ ।

तर कम्युनिस्टहरू वर्षैपिच्छे रमिते बनिरहेका छन् । सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङको पार्टी नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले बुधबार प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोक लगायत जिल्लामा प्राकृतिक विपद्बाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिले सम्भावित जोखिम क्षेत्र पहिचान गरेर जोखिम व्यवस्थापनका लागि कार्ययोजना बनाई सरकारलाई बजेट माग्दा समेत बजेट नदिएको र पूर्व तयारी नगरेको कारण अहिले विपद्ले जनधनको ठूलो क्षति गरेको छ । बजेट नदिएर पूर्व तयारी नगरी जोखिमलाई पर्खिरहने र निम्तो दिइराख्ने सरकार सम्हालेको एमाले पार्टी अहिले मृतकप्रति श्रद्धाञ्जलि दिएर बसेको छ ।

प्रवक्ता ज्ञवालीले विपद्मा ज्यान गुमाएका मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, बेपत्ताको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।

ओली सरकारले पूर्व तयारी र सावधानी नअपनाउँदा हरेक वर्ष प्राकृतिक विपद्ले क्षति पुर्‍याउने गरेको छ । देशभर बाढी, पहिरोका जोखिमयुक्त क्षेत्र पहिचान भएका, बस्ती स्थानान्तरण गर्नुपर्ने क्षेत्र समेत पहिचान भएका बेला सरकारले कुनै योजना कार्यान्वयन नगर्दा क्षति बढी हुने गरेको छ ।

चुनावका बेला जनतालाई बाँडिएको समृद्धिको सपना अग्नि सापकोटा र शेरबहादुर तामाङका लागि आएको छ, जनताले अकालमै ज्यान गुमाइरहेका छन् । कम्युनिस्टको झूट पर्दाफास भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment