कति उठ्यो चन्द्रागिरीको बिल ?रक्सीको हिसाब नगर्दा नै त्यत्रो ?

Samchar

एमाले विभाजन गराएर एकिकृत समाजवादी पार्टी दर्ताका लागी निवदेन दिएर निर्वाचन आयोगले सनाखत गर्नु अघि माधव कुमार नेपाल आफुलाई साथ दिएका सांसद तथा केन्द्रिय सदस्यलाई लिएर चन्द्रागिरी रिसोर्ट पुगेका थिए ।पार्टीको नाम समाजवादी राखे पनि माधव नेपालको समाजवादको यात्रा महंगो रिसोर्टमा मस्ती गराएर सुरु भएको छ । दलवल सहित चन्द्रागिरी रिसोर्ट पुगेको समाजवादी टिमले कति खर्च त्यहाँ बसेर गरिरहको छ भन्ने जिज्ञासा सबैमा रहको छ ।रिसोर्ट प्रशासनका अनुसार चन्द्रागिरी रिसोर्टमा एक रातको एउटा बेडको शुल्क केबलकार, ब्रेकफास्ट र बेड शुल्क जोडेर ८ हजार रुपैयाँ छ ।

रिसोर्ट प्रशासनका अनुसार एक रातको एउटा बेडको शुल्क केबलकार, ब्रेकफास्ट र बेड शुल्क जोडेर ८ हजार रुपैयाँ छ ।त्यसबाहेक एकछाक खानाको १ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसमा रक्सी लगायतका पेय पदार्थको हिसा गरिएको छैन । त्यसको रकम थपिने छ ।नेपालसहित करिब ६ दर्जन व्यक्तिका लागि रिसोर्ट बुक गरिएको छ । होटलले उल्लेख गरेको शुल्कअनुसार न्यूनतम खर्च मात्रै हिसाब गर्ने हो भने ६० देखि ७० जनाको एक रातको होटल बसाइ शुल्क ६ लाखभन्दा माथि पुग्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *