ओली समर्थकलाई गगन थापाको सुझाव : अध्यादेशको विरोध गर्ने भए माफी माग्नोस्

Samchar

नेपाली काँग्रेसका नेता गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । ‘ हिजो गलत,आज गलत, सधैँ गलत,जसले गरे पनि गलत,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’
यसको साथै उनले ओली सरकारले यही अध्यादेश ल्याउँदा समर्थन गर्नेहरूसँग भने यस अध्यादेशको विरोध गर्ने अधिकार नभएको बताएका छन् । उनले अहिले विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौँ भनेर पहिला सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *