ओली र नेपालको बाटो अब अलग – अलग, एमाले (समाजवादी) पार्टीमा यी नेताले पाए मुख्य जिम्मेवारी

Samchar

भदौ २, काठमाडौं – नेकपा एमाले भित्रको विवाद हल भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधव कुमार नेपालबीचमा रहेको विवाद अव हल भएको हो।
अध्यक्ष ओलीको विरुद्धमा रहेको नेपाल पक्षले एमाले औपचारिकरुपमा विभाजित बनाएको छ। नेपाल समुहको पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। नेकपा एमाले (समाजवादी) पार्टीको नाम राखिएको छ।

नेता नेपालको नेतृत्वमा आयोग पुगेको टोलीले नयाँ दल दर्ताको लागि निवेदन दिएको हो छ। तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिइएको हो। एमाले (समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल रहेका छन्। बाँकी सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार ९५ जनाको केन्द्रीय कमिटी पार्टीमा रहनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *