ओली-पोखरेल खटपट ओली विरुद्ध ईश्वर पोखरेलले एमाले अध्यक्षमा चुनाव लड्ने गरे घोषणा

नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षका लागि आगामी महाधिवेशनमा चुनाव लड्ने तयारी गरेका छन् । राजधानी काठमाडौंमा आफु निकटका पत्रकारहरुलाई भेला गरेर महासचिव पोखरेलले एमालेको आगामी महाधिवेशनमा केपी ओली विरुद्ध अध्यक्षमा निर्वाचन लड्ने तयारी गरेको सन्देश दिएका हुन् ।उनलाई पत्रकारले सोधेका थिए, आगामी महाधिवेशनमा तपाई अध्यक्षको उम्मेदवार हो ? त्यसका जवाफमा पोखरेलले भनेका छन,‘म अध्यक्ष पदका लागि डिजर्भ गर्छु तर यो घोषणा गर्ने कुराभन्दा पनि परिस्थिति, आवश्यकता र कार्यकर्ताको चाहनामा भर पर्छ ।’मोटामोटी पहिलो पुस्तामै गनिने पोखरेलले यो महाधिवेशनमा अध्यक्ष बन्न नसके कहिल्यै एमालेको अध्यक्ष बन्न नसक्ने आकलन गरेको बताईन्छ ।पोखरेलले कम्तिमा पनि ओलीलाई सर्व सम्वत अध्यक्ष बन्न नदिने रणनीति बनाएको श्रोत बताउँछ । उनी सके यसैपाली र त्यो सम्भव नभएमा महाविधेशन सकिएको केहि समयपछि ओलीले आफुलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने अडानमा छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+