काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले सबै तहका कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवाका सबै कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका बेला कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका सबै कर्मचारीको तलब स्वीकृत गरेर मनोवल बढाउन सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकबाट यो निर्णय गराएका हुन् ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको बताए ।
मन्त्रिपरिषदले सह–सचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको कार्कीले बताएका छन् ।
सरकारले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, सैनिक सेवा तेस्रो संशोधन नियमावली, २०७८ लाई छलफलका लागि मन्त्रिपरिषदको सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको छ ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले कर्मचारी, सुरक्षा निकाय, शिक्षक, स्वाथ्यकर्मीको मनोवल बढाउने कामहरू गर्न सकेको थिएन ।
देउवा प्रधानमन्त्री भएको एक महिना नबित्दै सबै कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, शिक्षकहरूको नयाँ तलबमान लागू गर्ने निर्णय गरेका छन् । देउवाको निर्णयले धेरैलाई राहत मिलेको छ ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****