ओलीले आज यस्तो ठुलो निर्णय लिंदै, राजनीतिमा उथलपुथलको सम्भावना

Samchar

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पूर्व निर्धारित बैठक विहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई पार्टी अनुशासन उल्लंघनको कारवाही बारे छलफल हुने उहाँले बताउनुभयो । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्देशन विपरित गए पार्टीको सदस्य नरहने चेतावनी दिएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए । आजको बैठकले के निर्णय गर्छ सबैको चासो छ । एक नेताका अनुसार ओलीले आज ठुलै निर्णय लिन सक्नुहुने छ । त्यस्तै, आजको बैठकमा पार्टीको विधान महाधिवेशनको विषयमा पनि छलफल हुने पार्टी कार्यालय सचिव तामाङले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *