ओलीलाई प्रधानमन्त्रीबाट अदालतबाटै बिदाई गर्ने सर्वाच्चको तयारी

काठमाडौं, । नेकपा एमालेका २३ सहित १४६ विघटित प्रतिनिधि सभाका सांसदले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाईका क्रममा छ । रिट निकै बलियो यसकारण पनि छ कि विघटित प्रतिनिधि सभाका स्पष्ट बहुमत सांसदहरुले सशरीर या वारेशनामामार्फत् दर्ता गराएका छन् ।सर्वोच्च अदालत यतिबेला निकै दबाबमा छ । देउवासँग सांसदहरुको स्पष्ट बहुमत छ । १४६ सांसदले दायर गरेको रिटको विपक्षमा जान सजिलो छैन । यही यथार्थलाई बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओली केही लचिलो देखिएका छन् । उनले आइतबार ६ बुँदे एमाले एकताको प्रस्ताव अगाडि सारेका छन् । जसमध्ये बुँदा नम्बर ४ मा र्शत सारेका छन्–आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरएको नेकपा एमालका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

+