काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले शनिबारसम्म पार्टी विवाद टुंग्याउन निर्देशन दिएका छन् । पार्टी पदाधिकारीलाई बुधबार थापाथलीमा ओलीले यस्तो निर्देशन दिएका हुन् ।
ओलीको यो निर्देशनसँगै लामो समयदेखि देखिएको विवाद शनिबारसम्म वार–पार लाग्ने भएको छ ।
‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न । शनिवारसम्म कि वार कि पार गरौँ,’ पार्टी मुख्यालयमा बुधबार ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिँदै भने, ‘जे जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनूस्। सबै त्यहीँबाट टुंग्याऊँ।’
ओलीको निर्देशनपछि वार्तामा संलग्न संस्थापन पक्षीय नेताहरु बुधबार रातिदेखि सक्रिय भएका छन्। उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ नेता माधव नेपाल पक्षीय उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई एकताको टाइमलाइन बताएका थिए।
संस्थापन पक्षले वरिष्ठ नेता नेपाल तत्कालै नआए पनि बाँकी नेताहरुलाई पार्टीमा फर्केर सक्रिय हुन प्रस्ताव गरेको छ।
पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिने विषयमा बहस भए पनि पछिल्लो समय नेता नेपाल त्यसप्रति पनि सकारात्मक छैनन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****