एमाले बैठकका तीन एजेण्डा, पार्टी छाडेकालाई कारबाहीदेखि विधान महाधिवेशनसम्म

Samchar

नेकपा एमालेको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठक तीनवटा एजेण्डामा केन्द्रीत हुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि एमाले केन्द्रीय समिति बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बस्नेगरी बोलाइएको बैठकका तीनवटा एजेण्डा तय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पहिलो एजेण्डा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने रहेको छ । त्यस्तै पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकको दोस्रो एजेण्डा छ ।बैठकको तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ । बुधबार मात्रै एमालेबाट छुट्टिएर नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *