काठमाडौ । नेकपा एमालेका नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी ओलीको अभिब्यक्तिको कडा टिप्प्णी गरेका छन् । उनले ओलीलाई रेबिज बिरुद्धको भ्याक्सिन दिनुपर्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति गरेको टिप्प्णीको जवाफमा उनले यस्तो भनेका हुन् । उनले एमालेका वरिष्ठ नेता नेपाललाई अपमान हुने शब्द प्रयोग गरेको भन्दै आपत्ती जनाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनले भने–‘माधव नेपाल जस्तो वरिष्ठ नेतालाई ओलीले जुन अभिव्यक्ति दिएका छन्, पुच्छरको अभिव्यक्ति, कुकुर जस्तै अभिव्यक्ति, पशुको जस्तै अभिव्यक्ति दिएका छन् । त्यसको जवाफमा मैले त्यसो भनेको हुँ ।’
उनले अगाडि भने–‘प्रधानमन्त्री जस्तो मान्छेले जे मन लाग्छ त्यही बोल्न पाइँदैन नी त । अलि सोचेर बोल्नुपर्यो, अलि गम्भीर भएर बोल्नुपर्यो । देश चलाउने मान्छे कसैलाई बाँकी नराख्ने, कुकुरलाई पनि रेबिज लाग्यो भने सबैलाई टो क्दै हिँड्छ नि, ओलीलाई पनि अहिले रेबिज लागेजस्तै अदालतलाई गा ली गर्छन्, आफ्नै नेतालाई गा ली गर्छन् । विपक्षी दललाई गा ली गर्छन् । जनतालाई गा ली गर्छन्, सबैलाई गा ली गरिरहेका छन् । त्यसैले रेबिजको लक्षण हो भन्ने लाग्यो मलाई । त्यसैले मैले लेखेको हुँ ।’
प्रधानमन्त्री केपी ओलीले नेता नेपाललाई आफूले प्रधानमन्त्री को प्रस्ताव गरेको हल्ला फैलाएको भन्दै आफूलाई ब हुला कुकुरले न टोकेको अभिव्यक्ति दिएका थिए । नेपालले आफुलाई प्रधानमन्त्रीको अफर आएको भनेका थिए । त्यसको जवाफमा ओलीले यस्तो अभिब्यक्ति दिएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****