एमाले एकता हुँदैन भन्नेलाई मुखभरीको जवाफ मिल्नेगरी माधव नेपालले गरिदिए यस्तो बोल्ड निर्णय, देशभरका नेताकार्यकर्ताहरुमा पलायो नयाँ आशा

Samchar

नेकपा एमालेको पार्टी एकता वरिष्ठ नेता माधव कुमार नेपालले नचाहेको भन्नेलाई नेता नेपालले कडा जवाफ दिएका छन् ।

नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको हो ।

नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए ।

एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् ।

यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था छैन ।

वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन भनेका छन् ।
दोस्रो तहका नेताहरुले त्यस्तो प्रस्तावको ड्राफ्ट समेत तयार पारिसकेको र अबको केही दिनमै दुई अध्यक्षतात्मक प्रणाली रहने गरी सहमति जुट्ने नेताहरुको दावी छ।
माधव नेपाल पक्षको निर्णयले देशभरका नेताकार्यकर्तामा समेत नयाँ आशा पलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *