एमालेमा अब अध्यक्ष अ‍ोलीको आन्तरिक प्रतिद्वन्द्वी उपाध्यक्ष भीम रावल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरेपछि उक्त पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली झन् बलियो भएका छन् ।विगतमा ओलीको आन्तरिक प्रतिद्वन्द्वी केन्द्रीय सदस्य झण्डै आधा भएकोमा अब ह्वात्तै घटेका छन् । माधवकुमार नेपालको साथमा झण्डै ३० प्रतिशत केन्द्रीय सदस्य गएपछि ओली पार्टीभित्र निकै बलिया भएका हुन् ।एमालेमा अब अध्यक्ष अ‍ोलीको आन्तरिक प्रतिद्वन्द्वी उपाध्यक्ष भीम रावल भएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम माधव नेपालको साथमा पुगेपछि रावल ओली पछि दोस्रो वरियतामा रहेका छन् ।सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायत हस्तीहरु रहेका छन् । यो समूहले ओलीसँग एमालेभित्रै संघर्ष गर्ने निर्णय लिएर माधव नेपालको साथ छाडेको बुझिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+