एमालेका थप १० सांसद माधव नेपालको पार्टीमा प्रवेश

एमालेका थप १० सांसद माधव नेपालको पार्टीमा प्रवेश, को-को ?विराटनगर । दल विभाजनपछि नेकपा एमाले त्यागेर माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश १ का १० सांसदहरूले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी गरेका छन् । उनीहरुले शनिबार विराटनगरको एक होटेलमा छलफल गरी यस्तो सामुहिक निर्णय गरेका हुन् ।१० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा थिए । उनीहरुले निर्वाचन आयोगमा मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+