एमालेका तीन समूह : कसको शक्ति कति ?

Samchar

विभाजित नेकपा एमालेको शक्ति सन्तुलन त्रिकोणात्मक बनेको छ । केपी ओली पक्ष र माधव नेपाल पक्षका साथै घनश्याम भुसालहरुको तेस्रो धारसमेत जन्मेपछि एमालेमा त्रिकोणात्मक शक्ति संघर्ष शुरु भएको हो । केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए नयाँ दल दर्ता गर्न सकिने अध्यादेश आएसँगै अब घनश्याम भुसालहरुको ‘तेस्रो धार’ले पनि चाहेको खण्डमा नयाँ दल दर्ता गर्न सक्ने स्थिति बनेको छ ।निर्वाचन आयोगले मान्यता दिएको नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य संख्या २०३ हो । यसमध्ये २० प्रतिशत अर्थात ४१ जना केन्द्रीय सदस्यको साथ पाउने समूहले नयाँ दल दर्ता गर्न अध्यादेशले बाटो खोलिदिएको छ । जबकि माधव नेपाल समूहले मात्र होइन, तेस्रो धारले समेत आफ्नो पक्षमा २० प्रतिशतभन्दा बढी सदस्यहरु रहेको दाबी गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *