एमसीसी पास नगरे प्रचण्डको ज्यान धरापमा

Samchar

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेलाबेलामा चर्चामा आइरहन्छन् । अमेरिकाको विषय आउनासाथ चर्को कुरा गर्दै विज्ञप्ति बाजी गर्न खप्पिस प्रचण्ड अन्ततः अमेरिकाको शरणमा पुगेका छन् ।

घुमाई–फिराई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पास गर्ने जिम्मा प्रचण्डको काँधमा आइपुगेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेका अनुसार एमसीसी पास नभए प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवाको ज्यान खतरामा परेको छ ।
एमसीसीका संझौता गर्दाका प्रधानमन्त्री र अर्थमन्त्रीलाई एउटै क्याविनेटमा देखिनु एमसीसी पास गर्ने षड्यन्त्रको गन्ध आएको भन्दै विजुक्छेले यती गर्दा पनि एमसीसी पास नभए प्रचण्ड र देउवाको ज्यान तलमाथि हुनसक्ने उनको भनाई छ ।

ओटीभी नेपालसँग कुरा गर्दै विजुक्छेले एमसीसीमा सम्झौता गरेका ज्ञानेन्द्र बहादुर कार्कीलाई संसदबाट पास गराउनका लागि कानुन मन्त्री बनाएको बताए । उनले अमेरिकाकै दवावका कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँन परमादेश जारी गरेको ठोकुवा गरे ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

संविधानमा व्यवस्थानै नगरेको कुरालाई आदालतले फैसला गरेको र यो पुरै विदेशी शक्तिको डिजाइनमा भएको विजुक्छको दावी छ । ‘अदालतले संविधान भन्दा माथी रहेर जसरी फैसला गरेको छ त्यसलाई राष्ट्रपतीले कार्यान्वयन नगरी फिर्ता पठाउँनु पर्दथ्यो’, उनले भने, ‘विदेशीको डिजाइनमा आएको फैसला मान्न बाध्य छैन् ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *