एमसीसी पास गर्ने अन्तिम तयारी, नेपाल र अमेरिकाबीच दिल्लीमा आजै बेलुकी यसरी हुदैँछ सहमती, पुरा पढ्नुहोस्

एमसीसी पास गर्ने अन्तिम तयारी, नेपाल र अमेरिकाबीच दिल्लीमा आजै बेलुकी यसरी हुदैँछ सहमती

वर्तमान सरकारले अमेरिकी सहयोग नियोग एमसीसी पास गर्ने मिसन अगाडी बढाएको छ । सोको मिसन अगाडी बढाईएको आज पुष्टि भएको छ ।
बुधबार बुढानिलकण्ठस्थित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको पदाधिकारी बैठकमा उपसभापति विमलेन्द्र निधि देखिएनन् ।

केही समययता खासै औपचारिक समारोहमा नदेखिएका उनी आजको बैठकमा नदेखिनुको रहस्य भने बेग्लै छ ।

उच्च स्रोतका अनुसार निधि अहिले नेपालमा छैनन् । उनी नेपाल एयरलाइन्सको फ्लाइटमार्फत बुधबार बिहान ११ बजे दिल्ली प्रस्थान गरेको सुरक्षा स्रोतले बतायो ।

नेपालको संसद्मा विचाराधीन रहेको एमसीसी परियोजना पारित हुनुपर्ने निरन्तर दबाब अमेरिकाले दिँदै आएको छ ।यहीबीचमा अमेरिकी विदेशमन्त्

एन्टोनी बिंल्केन भारत आएको मौका पारी सोही विषयमा छलफल गर्न निधि दिल्ली पुगेको बुझिएको छ । स्रोत भन्छ, ‘उहाँ दिल्ली जानुभएको छ ।

अमेरिकी विदेशमन्त्रीको भ्रमणको बेला पारेर एमसीसीको विषयमा प्रधानमन्त्री देउवाको दूत बनेर उहाँले विशेष छलफल गर्ने बुझिएको छ ।
यसका लागि भारतले सहजीकरण गरिरहेको बुझिएको छ ।

’स्रोतका अनुसार अमेरिकी विदेशमन्त्रीसँग आजै बेलुकी निधिको वार्ता हुनेछ । अमेरिकी विदेशमन्त्री र देउवाबीच मंगलबार बेलुकी टेलिफोन वार्ता भएका थियो ।

सो क्रममा नेपालको परराष्ट्र मन्त्रालय, स्वयम् देउवा तथा विदेश मन्त्री समेतले दुई पक्षीय हितको विषयमा छलफल भएको बताएपनि भित्री रुपमा भने एमसीसीकै विषयमा छलफल भएको स्रोतले बतायो ।

नेपाली काँग्रेसकै पालामा एमसीसी परियोजनामा सम्झौता भएको थियो । सो सम्झौता पारित हुनुपर्नेमा काँग्रेसले जोड दिदैं आएको छ । यद्यपी, सत्तारुढ गठबन्धनमा यो विषयमा मतभेद रहँदै आएको छ ।

आजै मात्र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी अघि बढाए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment