एमसीसी पास गरे नेपालको हालत पनि अफगानस्थानको जस्तै हुने ठोकुवा

सोमबार, साउन ३२

मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयलाई लिएर प्रतिनिधी सभाको बैठकमा गरमागरम आवाज उठको छ । तालिवानले अफगानस्थान निययन्त्रणमा लिएको भोलीपल्ट नेपालको संसद तातेको हो ।विचाराधिन अवस्थामा रहेको एमसीसी पारित गरेमा नेपालको अवस्था पनि अफगानस्थानको जस्तै हुने र एकदिन एमसीसी पास गराउँने शासकहरु पनि अफगानस्थानका राष्ट्रपति र उपराष्ट्रपति भागेको जसरी भागेर अरुको शरणमा जानु पर्ने अवस्था आउने सम्मको चर्चा सदनमा भएको छ ।

आज संसद बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै नेपाल मुजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी पास गर्नेको हालत अफगानस्थानको राष्ट्रपति र उपराष्ट्रपतिको जस्तो हुने ठोकुवा गरेका छन् । जसले एमसीसी पास गर्छ एक दिन त्यसले हिजो अफगानस्थानको राष्ट्रपति र उपराष्ट्रपति भागेको जसरी भाग्नुपर्ने छ सुवालले भनेका छन् । त्यसै गरी सोमबारको संसद बैठकमा नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले अमेरिकी सहयोग एमसीसी, एमसीसी भनेर बुरुक्क९बुरुक्क नउफ्रिन र अफगानिस्तान घटनाबाट केहि सिक्न सबैलाई सुझाब दिएका छन्।सांसद सुनुवारले केवल विदेशी सेना र सहयोगले सत्ता टिकाउन नसकिने रहेछ भन्ने अफगानिस्तानको घटनाले पुष्टि गरेको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+