युवा बिद्यार्थी हेमराज थापाले समाजिक संजाल फेसबुकमा लेख्छ्न MCC का नाइके CIA का नेपाली एजेन्ट शेर बहादुर देउबाले आफ्ना दुतका रुपमा बिमलेन्द्र निधिलाई अमेरिकी विदेशमन्त्री एन्टोनी बिंल्केन भारत आएको मौकामा भेटघाट गराउन भारत पठाएका छन।निधि दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकी विदेशमन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार बेलुकी टेलिफोन वार्ता भएको थियो । दुई नेताबीच एमसीसीको बारेमा पनि चर्चा भएको बताइएको छ । नेपाली काँग्रेसकै पालामा एमसीसी परियोजनामा सम्झौता भएको थियो ।सो सम्झौता पारित हुनुपर्नेमा देउवाले जोड दिँदै आएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
अमेरिका र भारतको जुठो हड्डि खाएर MCC पास गर्नेहरुलाई नेपालको युवाहरुले अमेरिका र भारततिर लखेट्ने छौँ । एमसिसि पास गर्ने नेता र सांसदलाई युवाको बलमा संसद भवनमै बन्दी बनउने बताएका छन् । नेपाल पुकारसँगको कुराकानीमा थापाले देशको अस्मिता विपरीत काम गर्ने कुनै
पनि सांसदलाई देश भित्र बस्ने अधिकार नहुने तर्क गर्दै एमसिसि बिरुद्ध बोल्न आग्रह गरेका छन् ।उनले यहि अवस्थामा पास भयो भने युवाहरुले सिंहदरवार,वालुवाटार र बानेश्वरको संसद भवन कब्जा गर्ने घोषणा समेत गरेका छन् । नेपालको कानुन नलाग्ने प्रोजेक्ट नेपाललाई नचाहिएको दावी गर्दै उनले
५० अर्बसँग सति गएर देश बरबाद गर्न नहुनेमा जोड दिए ।यो देशमा स्वतन्त्र नागरिक कम भएकाले आन्दोलनमा जनताको समर्थन नदेखिएको थापाको आरोप थियो । सबै दलका कार्यकर्ता हुँदा देश बेचिन लागेको उनको भनाई थियो ।बुद्धिजिवी भनिएकाहरुले आफ्नो स्वार्थको लागि एमसिसिको समर्थन गरेको उनको दावी थियो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****