उनी हामी भएतर्फ आइन् र टक्क अडिइन्।’बेटी कहीँ रासन मिल जाए तो…’ स्याँस्याँ मिसिएको उनको आवाज वाक्य पूरा नहुँदै रोकियो। त्यत्तिकैमा उनी पछ्यौरीको छेउको पोको खोतल्न थालिन्। त्यहाँ एउटा कागजको टुक्रा रहेछ। त्यो टुक्रा निकालेर दिँदै उनले नेपालीमै भनिन्, ‘हामीलाई कतै रासन मिल्दैन? मिल्यो भने यो नम्बरमा फोन गर्नुस् है।’‘पछ्यौरीमा के बोक्नुभएको?’ हामीले सोध्यौं।’खानेकुरा,’ उनले एक शब्दमा जवाफ दिइन्। कहाँबाट ल्याउनुभएको? ‘यहाँ बाँडिरहेको थियो। अहिले त गाडी गइसक्यो।’कुन ठाउँबाट आउनुभएको? ‘त्यहाँ पर…ढोकाटोलबाट।’एक्लै आउनुभएको?***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
‘होइन श्रीमान र नाति पनि आएका छन्। म तपाईंलाई देखेर छिटोछिटो दौडिएर आइपुगेँ। उनीहरू पनि आउँदैछन्।’
उनको नाम मन्जु गुप्ता हो। उमेर ५५ वर्ष। घर बिहार, भारत। उनको परिवार २५ वर्षदेखि काठमाडौंमै बस्छ। परिवारमा उनी र उनका श्रीमानसहित दुई छोरा, एउटी बुहारी र तीन नाति-नातिना छन्।उनीसँग कुराकानी गर्दागर्दै उनका श्रीमान मुन्ना गुप्ता र साना नाति पनि आइपुगे। ‘हामी खाना लिन आएका। कोठामा खानेकुरा केही छैन,’ श्रीमानतर्फ इसारा गर्दै मन्जुले भनिन्, ‘काम गर्ने मान्छे उही हो, उसको काम नभएपछि भात खानलाई पनि हात फैलाउनुपरेको छ।”तपाईं के काम गर्नु हुन्थ्यो?’ हामीले मुन्नालाई सोध्यौं।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>