एक अभिनेत्रीले १४ जनाले कु’कर्म गरे भन्दै नाम र तस्बिर सार्वजनिक गरिदिएपछि हंगामा

Samchar

एजेन्सी । एक अभिनेत्रीले आफुलाई फिल्म जिवनमा १४ जना ब्यक्तिले अनैतिक काम गरेको आरोप लगाएकी छन् । मलयालम अभिनेत्री रेवती संपतले १४ जनामाथि यस्तो आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जाल फेसकबुकमा १४ जनाको नाम र तस्बिर सार्वजनिक गर्दै सो आरोप लगाए पछि फिल्म क्षेत्रमा हंगामा भएको छ ।

उनले सार्वजनिक गरेको सूचीमा चर्चित अभिनेता सिद्दीकी, निर्देशक राजेश टचरिवर, डाक्टर, सब–इन्स्पेक्टरसहित कयौँ मानिस सामिल छन् । डिवाइएफआई नेता नन्दु अशोकनको नाम समेत उनको सूचीमा परेको छ ।

उनले पोष्टमा लेखेकी छन् ‘मैले यहाँ प्रोफेसनल, ब्यक्तिगत, साइबर स्पेसका माध्यमले दु र्व्य वहार गर्ने अ प राधिको नाम खुलासा गर्दैछु । जसले अहिलेसम्म मेरो शारीरिक, मानसिक र भावनात्मक रुपमा शो ष ण गरेका छन् ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनको यो पोष्ट अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । उनको पोष्टमा पक्ष र विपक्षमा प्रतिकृया आएका छन् । अभिनेत्रीले निर्देशक राजेश टचरिवर, अभिनेता सिद्दीकी, फोटोग्राफर आशिक माही, अभिनेता शिजु ए।आर, केरला फेसन वीकका संस्थापक अभिल देव, डक्टर अजय प्रभाकर, साइबल बुल एम।यसएसएस, सौरभ कृष्णन, डीवाईएफआई युनिट कमिटीका सदस्य नेदुमकाड, सब इन्सपेक्टर बीनुलगायत व्यक्तिलाई आरोप लगाएकी हुन् ।

‘पटनागढ’ फिल्मकी अभिनेत्री रेवतीले चर्चित अभिनेता सिद्दीकीलाई शारिरीक रुपमा अनैतिक कर्म गरेकोआरोप लगाउदै उनलाई पहिले पनि यस्तै आरोप लागेको खुलासा गरेकी छन् । उनले पहिलाको घटनामा पनि उनलाई कारवाही भए नभएको बारे प्रश्न समेत गरेकी छन् ।

केही मानिसले यो उनको पोष्टलाई चर्चामा आउने माध्यम बताएका छन् भने केहीले उनको सूचीमा उल्लेख व्यक्तिलाई कारवाहीको माग गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *