अमेरिकी राज्य हवाईमा एउटा विमान दुर्घटनामा परेको छ। दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान समुद्रमा ख से को बीबीसीले जनाएको छ।
इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै विमान पानीमा ख से को हो।
उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा ख से को जनाइएको छ।
विमान समुद्रमा ख से ता पनि विमानमा सवार दुवै पाइलटको सकुशल उद्धार गरिएको छ। तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका हुन्।
रोयटर्सका अनुसार एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए।
हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ।
सार्वजनिक भोइस रेकर्डिङमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाई ‘नम्बर १ इन्जिन बिग्रेको छ’ भनेको सुन्न सकिन्छ भने उनीहरुले ‘अर्को इन्जिन पनि खराब हुन गइरहेको छ। यो असाध्यै तातेको छ’ भनेका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****