ईश्वर पोखरेलद्वारा गठबन्धनलाई ‘टालाटुली’को संज्ञा

Samchar

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिएका छन् । महासचिव पोखरेलले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दावी समेत गरे । सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने गरी अघि बढने पनि बताए । महासचिव पोखरेलले भने, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ ।

यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसावले अगाडि जान्छौं ।’महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गराए । पार्टीको आगामी महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताए । सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *