काठमाडौं । ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरुलाई पुनः मेडिकल परीक्षण गराउन वैदेशिक रोजगार विभागले सूचित गरेको छ ।२०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरुबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने जनाइएको छ ।काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुर र नेपाल–कोरियामैत्री अस्पताल थिमिबाट उनीहरुले जनही दुई हजार २०० रुपैयाँ तिरी मेडिकल परीक्षण गराउन सक्ने जनाइएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा उत्तीण गरेकाको लागि आयो यस्तो विज्ञप्ति (हेर्नुस सूचना सहित )
By laxmi
June 23, 2021