एक समयका चर्चित हाँस्यकलाकार तथा फिल्म निर्माता सिपी पौडेल लामो समयदेखि बिमारी रहेका छन् । विमारीका कारण उनी विगत एक वर्षभन्दा लामो समयदेखि चितवनको गैडाकोटस्थित घरमै रहेका छन् ।केही बर्ष अगाडि श्वासप्रश्वासमा समस्या देखिएपछि ललितपुरको सर्वाङ्ग अस्पतालको आइसियुमा एक साता र त्यसपछि केही समय सघन उपचार कक्षमा उपचार गराएर फर्किएका पौडेलको सो समय फोक्सोमा पानी जमेको र मृगौलामा समस्या देखिएको थियो ।अहिलेसम्म सुख-दु:खले उपचार गराइरहेको बताएका सिपीले आगामी दिनको उपचारमा आर्थिक समस्या भएको सुनाए । बिमारी सिपीको सहयोगमा अभिनेता कृष्ण मल्लले सामाजिक संजालमा एक स्टाटस पोष्ट समेत गरेका छन् ।अहिलेसम्म सुख-दु:खले उपचार गराइरहेको बताएका सिपीले आगामी दिनको उपचारमा आर्थिक समस्या भएको सुनाए । बिमारी सिपीको सहयोगमा अभिनेता कृष्ण मल्लले सामाजिक संजालमा एक स्टाटस पोष्ट समेत गरेका छन् ।

आर्थिक अभावमा छट्पदिदैँ कलाकार सिपी
By laxmi
June 29, 2021