आमा छ तिम्रो महिमा अपार: सुतेर उठ्दा मम्मी–मम्मी भन्छ

सामाजिक सञ्जालमा शुक्रबारदेखि एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा एक महिला नाबालक छोरो लिएर निदाएजस्ती देखिन्छन्। खासमा ती महिलाको बसमा यात्राकै क्रममा निधन भएको रहेछ। छोरो अरू यात्रुसँग नफकिएपछि मृत आमाकै काखमा राखिएको थियो।उनी रहिछन्, २८ वर्षीया धर्माकुमारी बटाला। माइतीघर डडेलधुराको अजयमेरु गाउँपालिका–३ गुनपाल। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँ खारखोलाका दलबहादुर बटालासँग आठ वर्षअघि बिहे भएको थियो। दलबहादुर भवन निर्माणसम्बन्धी काम गर्दै बाँकेको नेपालगन्जमै बस्दै आएका थिए। उनले मुटुरोगी श्रीमतीलाई थप उपचारका लागि उतै बोलाए।

धर्माकुमारी ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार रुकुम पश्चिमको राडीबाट ना.३ख ३७७९ नम्बरको रात्रिबस चढिन्। श्रीमान्–श्रीमतीबीच फोन सम्पर्क भइरहेको थियो। जाजरकोटको छेडाबजारमा आमा छोराले खाना खाएपछि पनि दुई पटक सम्पर्क भएको दलबहादुरले सुनाए। उनका अनुसार सुर्खेत र सल्यानको सिमाना धारापानी भन्ने ठाउँमा अन्तिम सम्पर्क भयो। धर्माकुमारीले श्रीमान्लाई आफ्नो अवस्था सामान्य रहेको, आरामले यात्रा गरिरहेको, बसमा अरू मानिस रहेको हुँदा चिन्ता नगर्न भनिन्। त्यसपछि भने फोन सम्पर्क हुन नसकेको दलबहादुरको भनाइ छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

+