आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति । धार्मिक, संस्कृति र प्राकृतिक रूपमा यो दिनको विशेष महत्त्व रहेको छ । नेपालमा मुख्य रूपमा मनाउने गरिएको ४ सङ्क्रान्तिहरू मध्ये आज परेको साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको छ । संक्रान्तिहरुकै कुरा गर्दा वैशाख, कार्तिक र माघ महिनाको १ गतेका संक्रान्तिहरुलाई पनि महत्त्वपूर्ण मानिन्छ । तर विशेष रूपमा माघे सङ्क्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष मानिने गरेको छ ।

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन, के छ धार्मिक मान्यता ?सङ्क्रान्ति चाडलाई विशेषतः सूर्यसँग सम्बन्धित मानिन्छ । सूर्यसँग सम्बन्धित भए पनि योसँग जोडिएका विभिन्न धार्मिक पक्षले गर्दा यसलाई झनैं महत्त्वपूर्ण बनाउने गरेको छ । साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति, यो दिन देखि सूर्य दक्षिणायन हुने गर्छन् । सूर्य उत्तरायण हुने बेलामा माघे सङ्क्रान्ति पर्ने गर्छ । सूर्य दक्षिणायनमा जाने बेलामा पहिलो महिना साउन पर्छ । यो महिनामा विशेष रूपमा भगवान् शिवसँग सम्बन्धित धार्मिक कार्यहरू गरिन्छ । यो महिनामा शिवजीका महिमाहरू उजागर गर्ने महिना पनि मानिन्छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं प्रा.डा.देवमणी भट्टराई भन्नुहुन्छ– साउने सङ्क्रान्तिको दिनमा लुतो फ्याँक्ने पनि गरिन्छ । कर्कट सङ्क्रान्तिमा झुन्डा नाम गरेको राक्षसको पूजा गरेर घरमा भय निवारण गर्न त्यस दिन कण्डारक (राती हिँड्ने) को पूजा गरेर लुतो फ्याँक्ने चलन रहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Comment