आज भदौ ०८ गते मंगलबार सिद्धि विनायक भगवानको दर्शन गरि, राशिफल हेरौं’ ओम लेखौं’ बिग्रेको काम बन्ने छ

Rashifal

वि.सं.२०७८ साल भदौ ०८ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– द्वितीया, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाभाद्रपदा, बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–सुकर्मा, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त धृती । करण– गर, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त वणिज, रातको ०४ बजेर २२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ, दिउसो २ बजेर ५७ मीन । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी ११ पला ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरू गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्ने सवालमा आलोचनाको सिकार हुँदा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्य बढेर जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शत्रु तथा प्रतिस्पर्धीहरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरू फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सवारी साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ । साँझको समय राम्रो रहेकोले भौतिक सम्पत्ति उपहारको रूपमा प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विशेष पद पाउने समय रहेको छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथीभाइ तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहौलमा दिन बित्ने हुँदा मन प्रसन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्य बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अस्वाभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *